आवास पुनर्निर्माण सम्पन्न भएका घरधुरीहरुलाई प्रमाण पत्र वितरण
मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपालिको वडा नं. २ मा आवास पुनर्निर्माण सम्पन्न भएका २ सय ४८ घरधुरीलाई पुर्ननिर्माण प्रमाण पत्र वितरण गरिएको छ ।
हिजो एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष कमल प्रसाद नेपालको प्रमुख आतिथ्यतामा प्रमाण पत्र वितरण गरिएको हो ।
२०७२ सालको भुकम्पका कारण क्षतिग्रस्त बनेको आवास पुनर्निर्माण सम्पन्न भएको हो । जम्मा ६ सय १३ लाभग्राही भएको गाँउपालिकाको वडा नम्बर २ मा ६ सय १० घरधुरीले पहिलो किस्ता प्राप्त गरेका थिए । ४ सय ७३ घरधुरीले दोस्रो किस्ता प्राप्त गरेका छन् र ३ सय ५९ घरधुरीले तेस्रो किस्ता प्राप्त गरेको छ ।
‘निर्माण सम्पन्न प्रमाण पत्र जम्मा २ सय ४८ घरधुरी लिन सफल भएका छन् । बाँकी घरहरु निर्माण भइरहेका छन् ।’ वडा सचिव सुबित सुनुवारले बताउनुभयो । जिल्लाको १२ वटा स्थानीय तहमध्ये पुनर्निर्माण सम्पन्नता प्रमाण पत्र वितरण गर्नेमा गाँउपालिका पहिलो बनेको छ ।
प्रतिक्रिया राख्नुहोस्