तपाईँ सुन्दै हुनुहुन्छः

बारा र पर्साका थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि

फाइल तस्बिर

बीरगंज । बीरगंजस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसिआर परीक्षणको क्रममा बारा र पर्साका थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बारा र पर्साको विभिन्न स्थानबाट सङ्कलन गरी ल्याइएको ६१ स्वाबको नमुनालाई परीक्षण गर्दा पर्सा का ३ र बाराका ३ गरी ६ जनामा सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।

पर्सामा सङ्क्रमित हुने ३ जना मध्ये २ जना महिला रहेका छन् । बीरगंज महानगरपालिका वडा नम्बर १० की ४० बर्षीया एक महिला र ५० वर्षीय एक पुरुष गरी दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने बीरगंज महानगरपालिकाकै वडा नम्बर १५ निवासी २५ वर्षीया युवतीमा समेत कोरोना संक्रमण पुष्टि भएको डा. दासले बताउनुभयो ।

यसै गरी बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ का ११, र ४२ वर्षका २ जना पुरुष र ३६ वर्षकी एक महिला गरी ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डा.दासले बताउनुभयो ।

सङ्क्रमितहरूको सिटी भ्यालु २३ देखि ३३ सम्म रहेको डा.दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button