देवघाटमा माघे संक्रान्ति मेला नहुने

तनहुँ । तनहुँको प्रसिद्ध धार्मिकस्थल मा यस बर्ष माघे संक्रान्ति मेला नहुने भएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण संक्रमणको जोखिम बढ्न सक्ने हुदाँ मेलाको आयोजना नगरेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले जानकारी दिनुभयो ।
माघे संक्रान्तीमा श्राद्धलगायत धार्मिक कार्यका लागि प्रत्येक बर्ष हजारौको संख्यामा मानिसहरु देबघाट पुग्ने घिमिरेले बताउनुभयो । दुई नदिको संगम रहेको कालिगण्डकीमा स्नान गर्दा दुख, कष्ट, पाप हरण हुने धार्मिक विश्वास रहेको छ । यहाँ स्नान गर्न नेपाल लगायत बाहिरी मुलुकबाट पनि मानिसहरु आउने भएकाले कोरोनाको जोखिम बढ्न सक्ने भएकाले मेलाको आयोजना नगरेको उहाँले बताउनुभयो ।
गत सोमबार समितिको बैठकले मेला आयोजना नगर्ने निर्णय गरेको समितिका निर्देशक घिमिरेले जानकारी दिनुभयो । मेला आयोजना गर्दा भक्तजनहरुको चहलपहल बढि हुने हुदाँ सुरक्षा व्यवस्थामा पनि कठिन हुने र महामारीको बेला मेला आयोजना गर्दा चौतर्फी आलोचना हुने आयोजकले विश्लेषण गरेको थियो ।
भक्तजनहरु देवघाट आएको खण्डमा स्वास्थ्य मापदण्ड अपनाएर, सुरक्षा व्यवस्थापन गरी स्नान गर्न दिइने तर अन्य गतिविधिमा रोक लगाउने निर्णय भएको समितिले जनाएको छ ।
प्रत्येक बर्ष देवघाट परिसरमा औपचारिक रुपमा मेला आयोजना हुने भएता पनि यस बर्ष भने अनौपचारिक रुपमा माघे संक्रमन्ति मनाउने देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो । “मेला भने आयोजना हुदैन तर स्नान गर्ने र पूजा गरेर जानेलाई खुल्ला गरिएको छ ।” अध्यक्ष थापाले भन्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्