तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानबाट चार महिनाको अवधिमा २२ करोडको कृषिजन्य बस्तु निकासी

सल्यान । सल्यानबाट चालु आर्थिक बर्षको चार महिनाको बीचमा २२ करोड बढीको कृषिजन्य बस्तु निकासी भएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म २२ करोड १२ लाख २७ हजार रुपैयाँ बराबरको कृषिजन्य बस्तु उत्पादन भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

कार्यालयका अनुसार ३ हजार ३ सय ५ मेट्रिक्टन ताजा तरकारीबाट ९ करोड ८३ लाख ३६ हजार, ८ सय २५ मेट्रिक्टन वुर्नि अदुवाबाट ४ करोड १२ लाख ५० हजार र २ हजार ५ सय ५९ मेट्रिक्टन आलुबाट ७ करोड ६७ लाख ७० हजार रुपैयाँ आम्दानी भएको छ ।

यस्तै ९२ मेट्रिक्टन कागती, अमिलो, अम्बा, आस्पतिबाट ४८ लाख ७१ हजार गरी २२ करोड १२ लाख २७ हजार रुपैयाँ जिल्लामा भित्रिएको कार्यालयका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार ताजा तरकारी जिल्ला भित्र ४ सय ६० मेट्रिक्टन खपत भएको छ भने २ हजार ८ सय ४५ मेट्रिक्टन जिल्ला बाहिर निकासी भएको छ ।

५ मेट्रिक्टन अदुवा जिल्ला भित्र खपत हुँदा ८ सय २० मेट्रिक्टन जिल्ला बाहिर, ७ सय ३१ मेट्रिक्टन आलु जिल्ला भित्र र १ हजार ८ सय २८ मेट्रिक्टन जिल्ला बाहिर र कागती, अमिलो, अम्बा, नास्पती ४८ मेट्रिक्टन जिल्ला भित्र खपत हुँदा ४४ मेट्रिक्टन मात्र जिल्ला बाहिर निकासी भएको बस्नेतले बताउनुभयो ।

गत आर्थिक वर्षको तुलनामा यो वर्ष ताजा तरकारीले राम्रो मूल्य भएको उहाँको भनाई छ । क्षेत्रफल घटेपनि ताजा तरकारीले राम्रो मूल्य पाएको बस्नेतले बताउनुभयो ।

विश्वभर फैलिएको कोरोनाका कारण धेरै किसानहरुले तरकारी बिक्री हुँदैन भनेर खाद्यन्नबाली लगाएपनि भारतबाट आउने तरकारी बन्द हँदा किसानले राम्रो मूल्य पाएको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button