तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलमा विजय दौड प्रतियोगिता आयोजना

रुपन्देही ।  रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १ स्थित जीतगढी किल्लामा नेपाली फौजले प्रदर्शन गरेको वीरताको स्मरण गर्दै नेपाली सेनाले बुटवलमा विजय दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

मध्यपश्चिम पृतना हेडक्वार्टर, बुटवलले प्रतियोगिता गर्ने जानकारी गराएको हो ।

नेपाली सेनाका महासेनानी मच्छिन्द्र थापाले अंग्र्रेजहरु परास्त भएको गढी वीरतापूर्ण सैनिक इतिहास र स्वाभिमानी नेपालीको प्रतीक भएको बताउँदै राष्ट्रिय एकता दिवसका अवरमा सेनाले यही पुस २५ गते २१ किलोमिटर हाफ म्याराथुन र पाँच किलोमिटर वाक थुनको आयोजना गर्ने जानकारी दिनुभयो ।

हाफ म्याराथुन बुटवल बहुमुखी क्याम्पसबाट सुरु भई योगीकुटी हँंदै ड्राइभर टोलबाट फिर्ता भएर लुम्बिनी अस्पताल, पुरानो बसपार्क हुँदै जीतगढीमा समाप्त हुने छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला तथा पुरुष खेलाडीलाई नगद पुरस्कार क्रमशः १५ हजार, १० हजार  र पाँच हजारसहित पदक र प्रमाणपत्र दिइने छ ।

क्याम्पस अगाडिबाट सुरु हुने वाकाथुन ट्राफिक चोक, चौराहा, योगीकुटीबाट फिर्ता भएर लुम्बिनी अस्पताल, पुरानो बसपार्क हुँदै जीतगढीमा समाप्त हुनेछ ।

नेपाल र अङ्ग्रेजबीच सन् १८१४ देखि १८१६ सम्म भएको युद्धमा नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button