तपाईँ सुन्दै हुनुहुन्छः

अर्मेनियाका प्रधानमन्त्री सेल्फ आइसोलेसनमा

यरेभान। अर्मेनियाका प्रधानमन्त्री निकोल पशिन्यान सेल्फ आइसोलेसनमा बस्नु भएको छ ।

उहाँ सेल्फ आइसोलेसनमा भएकाले राजधानी यरेभानमा क्रिसमसका अवसरमा बुधबार आयोजित विषेश समारोहमा पनि अनुपस्थित हुनुभएको थियो ।

धार्मिक नेताको अगुवाइमा भएको महत्वपूर्ण कार्यक्रममा उहाँको अनुपस्थितिपछि उहाँको सचिवालयले सेल्फ आइसोलेसनमा भएकाले उहाँ उपस्थित हुन नसक्नु भएको जानकारी दिएको छ ।

“सङ्क्रमणसम्बन्धी समस्याका कारण उहाँ सो समारोहमा उपस्थित हुन असमर्थ हुनुभयो, उहाँ अहिले सेल्फ आइसोलेसनमा हुनुहुन्छ,” प्रधानमन्त्री पशिन्यानका सञ्चार सचिव मान गेभोग्र्यानले भन्नुभयो ।

उहाँका अनुसार प्रधानमन्त्री पशिन्यान यसअघि गत जुनको अन्त्य तिर पनि कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएकोमा अहिले फेरी सङ्क्रमणको घेरामा पर्नु भएको हो ।

सीमा क्षेत्रमा विवादको समस्या झेल्दै आएको अर्मेनियाको त्यहीसम्बन्धी गतिविधिमा संलग्न भएका बेला उहाँ पुनः सङ्क्रमणको घेरामा पर्नुभएको सञ्चार सचिव गेभोग्र्यानले जानकारी दिनुभयो ।

अर्मेनियाको सरकारी निकायले बुधबार दिएको जानकारीअनुसार अर्मेनियामा अहिलेसम्म एक लाख ६० हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने दुई हजार ८९० जनाको मृत्यु भएको छ ।रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button