तपाईँ सुन्दै हुनुहुन्छः

राजधानीमा वायु प्रदूषण बढ्यो, सर्वसाधरणलाई घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अपील

फाइल तस्विर

काठामाडौ ।  राजधानीमा बढेको वायु प्रदुषणको प्रभावले स्वास्थ्यमा समस्या देखिने भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानीवासीलाई अत्यावश्यक काम नपरेसम्म घर बाहिर ननिस्कन अपिल गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाईले केही दिन देखी राजधानीमा अत्याधिक बढेको वायुप्रदुषणले श्वासप्रश्वासमा कठिनाइ लगायतका स्वास्थ्य समस्या देखा पर्ने भन्दै सावधानी अपनाउन सर्वसाधारणलाई अपिल गरेको हो।

स्वास्थ्य मन्त्रालयले मर्निङवाकमा जाने वा घरबाहिर गएर शारीरिक व्यायाम नगर्ने, ,फोहोरहरुको उचित व्यवस्थापन गर्ने तर नजलाउने, घरबाहिर ननिस्कने र निस्कनै पर्ने अवस्था भएमा मास्कको अनिवार्य प्रयोग गर्न र कोभिड(१९ का लागि तोकिएको जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ।

मंगलबार साँझ स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीद्धारा हस्ताक्षरीत विज्ञप्ति जारी गर्दै धूलोधुवाँ उड्ने खालका पेसा व्यवसाय केही दिनका लागि स्थगित गर्न विज्ञप्तिमार्फत आग्रह गरेको हो ।

जनस्वास्थ्य ऐन, २०७५ को दफा ४० मा वायु प्रदुषणका कारण जनस्वास्थ्यमा पर्ने प्रभावहरुलाई मध्यनजर गरी सरकारले मापदण्ड तोक्न सक्ने व्यवस्था गरेको छ।

काठमाडौं उपत्यकामा दुई दिनदेखि वायु प्रदूषणको स्तर उच्च भएको भन्दै वातावरण विभागले समेत सर्वसाधारणलाई सावधानी अपनाउन सचेत गराइसकेको छ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button