तपाईँ सुन्दै हुनुहुन्छः

सेनाद्वारा एकीकरण पदयात्रा कार्यक्रम शुभारम्भ

काठमाडौँ । २९९ औँ “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” का अवसरमा नेपाली सेनाले एकीकरण पदयात्रा कार्यक्रम शुभारम्भ गरेको छ ।

२०७७ पुस २१ गतेबाट पुस २७ गतेसम्म गोर्खाली सेनाद्वारा विजय अभियानको लागि प्रयोग भएका पदमार्गहरू गोरखा देखि धादिङ, नुवाकोट हुँदै काठमाडौँ जङ्गी अड्डासम्म सञ्चालन हुने एकीकरण पदयात्रा आज २१ गते गोरखा दरबारबाट शुभारम्भ भएको छ ।

विभिन्न स्थानहरूमा सांस्कृतिक कार्यक्रम, अन्तर्क्रिया तथा प्रवचनको कार्यक्रमहरू समावेश रहने उक्त पदयात्राको दौरान राष्ट्रिय एकताको प्रतीक नेपालको राष्ट्रिय झन्डा र टर्चका साथै पृथ्वीनारायण शाहकालीन सैनिक पोसाकमा सोही समयमा खडा भएका नेपालका पहिला ५ वटा युनिटहरूको निशान झन्डा संलग्न भएको छ ।

उक्त कार्यक्रममा नेपाली सेना लगायत स्थानीय, सरकारी, गैर सरकारी निकायहरू र सर्वसाधारणको समेत सहभागिता रहेको छ । यस प्रकारका कार्यक्रमले नेपालको इतिहासको जगेर्ना गर्दै राष्ट्रिय एकताको भावनामा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button