तपाईँ सुन्दै हुनुहुन्छः

९ जना पत्रकारहरूलाई कोरोना बापतको बिमा रकम वितरण

सुनसरी । नेपाल प्रेस युनियन सुनसरीले कोरोना बिमा रकम हस्तान्तरण कार्यक्रमको आयोजना गरी बिमा रकम वितरण गरेको छ ।

युनियनले दोस्रो पटक कोरोना संक्रमित भई निको भएका सुनसरीका ९ जना पत्रकारहरूलाई जनही १ लाख रुपैयाँका दरले कोरोना बिमा रकम हस्तान्तरण गरेको हो ।

प्रेस युनियन सुनसरीले  यसअघि ७ जना पत्रकारलाई बिमा रकम उपलब्ध गराइसकेको युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिनुभयो ।

युनियनले सुनसरीका २ सय ६० जना पत्रकारको कोरोना बिमा गरेको बताउँदै उहाँले भन्नुभयो युनियनले कोरोनाको बेला समेत पत्रकारहरू अग्रपंतिमा रहेर पत्रकारिता गरिरहेकोले उनीहरूको आत्मबल बढाउनको लागि बिमा गराएका थियौ ।

कार्यक्रममा पत्रकारलाई कोरोना बिमा बापतको रकम कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार हर्ष सुब्बा, युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, औजार दैनिकका अध्यक्ष मोती सुनुवार, सुनुवार, वरिष्ठ पत्रकार गिरीराज आचार्य, राजेश विद्रोही लगायतले हस्तान्तरण गर्नु भएको थियो ।

सुनसरीका सक्रिय पत्रकार निर्मल कार्की, नेपाल पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले, औजार दैनिकका दामोदर गुरागाई, कोशीपत्र दैनिकका रोशन दाहाल, विमला तिम्सिना, कृष्ण अधिकारी, रेडियो धरानका शिशिर राई, कपुरी न्युजका सञ्जीता धमला र मकालु खबरका भरतराज शर्मा (गोपाल) लाई जनही १ लाखको दरले बिमा रकम प्रदान गरिएको हो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button