६ दिनमा १४ लाख बढी राजस्व सङ्कलन

कञ्चनपुर । शुक्लाफाटा राष्ट्रिय निकुञ्ज कार्यालय कञ्चनपुरले ६ दिनमा १४ लाख ४२ हजार ३ सय राजस्व सङ्कलन गरेको छ ।
निकुञ्जले पुस १० देखि १५ गते सम्म उक्त राजस्व सङ्कलन गरेको सहायक संरक्षण अधिकृत रविन चौधरीले बताउनु भएको छ ।
उहाँले निकुञ्जको घाँसे मैदान व्यवस्थापन र न्यून आय भएका खरको छाना भएका परिवारहरूको समस्यालाई मध्यनजर गर्दै रु. ५० को टिकट काटेर खर खडाइ गरिएको जनाउनु भएको छ ।
यस वर्ष अहिले सम्मकै बढी २८ हजार ८ सय ४६ जना व्यक्तिले खर खडाइका लागी निकुञ्जले जारी गरेको रु.५० को टिकट काटेर निकुञ्ज प्रवेश गरेको समेत उहाँले बताउनु भयो ।
साथै उहाँले यस वर्षको खर खडाइको समयमा एक जनालाई चितवाले घाइते बनाएको बाहेक अन्य कुनै अप्रिय घटना नघटेको बताउनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्