लुइस ब्रेलको २१२ औँ जन्मजयन्ती कञ्चनपुरमा पनि मनाइयो
कञ्चनपुर । महान् वैज्ञानिक लुइस ब्रेलको २१२ औँ जन्मजयन्ती कञ्चनपुरमा समेत मनाइएको छ । राष्ट्रिय दृष्टिविहीन सङ्घ नेपालले कञ्चनपुरको वेदकोटस्थित केन्द्रीय कार्यालयमा सोमबार एक कार्यक्रमको आयोजना गरी लुइस ब्रेलको २१२ औँ जन्मजयन्ती मनाएको हो ।
फ्रान्सका महान् वैज्ञानिक लुइस ब्रेलले ब्रेल लिपिको आविष्कार गरेको सम्झनामा प्रत्येक वर्ष जनवरी ४ तारिखमा लुइस ब्रेलको जन्मजयन्ती मनाउने गरिन्छ । सुदूरपश्चिममा भने पहिलो पटक लुइस ब्रेलको सम्झनामा जन्मजयन्ती मनाइएको राष्ट्रिय दृष्टिविहीन सङ्घ नेपालका संस्थापक अध्यक्ष बलराम पन्तले जानकारी दिनुभयो ।
राष्ट्रिय दृष्टिविहीन सङ्घ नेपालका अध्यक्ष हरि दमाईको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि वेदकोट नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष केशव रावलले आगामी वर्षमा दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूका लागि समेत बजेट विनियोजन गर्न नगर कार्यपालिकामा प्रस्ताव लैजाने बताउनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्