तपाईँ सुन्दै हुनुहुन्छः

बाँझो जमिनमा सामुहिक घाँसखेती

सल्यान । धेरै युवायुवतीहरु रोजगारीका लागि विदेश पलायन हुँदा गाउँघर बालबालिका र वृद्धवृद्धाहरुको मात्र गाँउ बनेको छ । गाउँघरमा कुनै समस्या परेमा युवाहरु पाउन निकै मुस्किल हुने गरेको छ ।

जसले गर्दा खेतीयोग्य जमिनहरु दिनप्रतिदिन बाँझो बन्दै जान थालेका छन् । वषौंदेखि खेतीपाती हुँदै आइरहेका बारीमा आजभोली खर पलाएको छ । खेती गर्ने जनशक्तिको अभाव बढ्दै जाँदा सल्यान शारदा नगरपालिका ५ रानिकोटमा बाँझो जमिनमा सामुहिक घाँसखेतीको थालनी गरिएको छ । रानीकोट २५ घरपरिवारले झन्डै पाँच सय रोपनी बाँझो जमिनमा सामुहिक घाँस खेती सुरु गरेका हुन ।

व्यावसायिक र र्दीघकालिन सोचका साथ घाँसखेती गरिएको स्थानीय कमलप्रसाद उपाध्यायले बताउनुभयो । घाँसखेती गर्दा खाली जग्गाको सदुपयोग हुनुका साथै पशुपालनको अवसर पनि सिर्जना भएको उहाको भनाई छ । उहाले भनु भयो ‘घाँसखेतीबाछै सबै घरधुरीलाई आत्मनिर्भर बनाउने योजना छ । सामुहिक काम गर्दा सामाजिक एकता र सदभावमा टेवा पुग्ने आशा पनि लिएका छौं ।’ खेतीयोग्य जमिन बाँझिदा जंगलमा परिणत हुन थालेको जमिनलाई व्यावसायिक घाँसखेती मार्फत उत्पादनशिल बनाउने प्रयास गरिएको उहाको भनाइ  छ ।

व्यावसायिक रुपमा सुपर नेनियर, बदामे, स्टाइलो, भिमल, काइरालो, बुकाइनो लगायतका उन्नत जातको घाँस खेती गरिएको कमला बुढाथोकीले बताइन । केही परिवारले अन्नबाली लगाउने जग्गामा समेत घाँसखेती सुरु गरेको उहाको भनाइ  छ ।

आफूहरुले पालेको व्यावसायिक बाख्रापालनलाई लक्षित गरी सुरु गरिएको घाँसखेतीबाट १२ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको खगेन्द्र शाहीले बताउनुभयो । उहाले भनु भयो ‘हामीले सामुहिक बाख्रापालन पनि गरी रहेका छौं । ती बाख्रालाई पनि घाँस होस र व्यावसायिक घाँसखेती होस भनेर खेती सुरु गरेका हौं ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button