प्रचण्ड पत्नी सीतालाई उपचारको लागि भारत लगियो

काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि आज भारत प्रस्थान गर्नु भएको छ ।
लामो समयदेखि विरामी पर्नु भएकी दाहालको केहीदिनदेखि मेडिसीटी अस्पतालमा उपचार भइरहेको थियो । स्वास्थ्यमा सुधार नदेखिएपछि थप उपचारका लागि भारतको मुम्बई लगिएकोे प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
पार्किन्सन रोगबाट पीडित प्रचण्ड पत्नी सीता दाहालको यसअघि पनि अमेरिका, सिंगापुर र भारतमा उपचार गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्