तपाईँ सुन्दै हुनुहुन्छः

तोकिएकै मितिमा निर्वाचन हुन्छ : मन्त्री तुम्बाहाम्फे

 

विराटनगर।  भुमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले तोकिएकै मितिमा निर्वाचन हुने बताउनुभएको छ ।

विराटनगरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उहाँले आगामी वैशाखमा निर्वाचन गराउन सरकारले आर्थिकको व्यवस्थादेखि सुरक्षा अवस्थालाई थप व्यवस्थित गर्न थालेको बताउनुभयो ।

निर्वाचन आयोग समेत निर्वाचनका लागि तयारी सुरु गरिसकेकाले तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क रहन सबैलाई उहाँले आग्रह गर्नुभयो ।

सरकारलाई आफ्नै पार्टी भित्रबाट काम गर्न नदिने र सरकारलाई घेराबन्दीमा पार्न खोजेका कारण प्रधानमन्त्रीले बाध्य भएर संसद् विघटन गरेको भन्दै अव निर्वाचनले मुलुकलाई अग्रगामी निकास दिने उहाँले बताउनुभयो । ६० प्रतिशत मत पाएको प्रमुख दलको सरकारले विधिसम्वद र संविधान सम्वद रुपमा संसद् विघटन गरेको दाबी गर्नुभयो ।

उहाँले उहाँले वर्तमान सरकार राष्ट्र,राष्ट्रियताको पक्षमा उल्लेखनीय काम गरेको र वर्षौँदेखि भारतले उपयोग गर्दे आएको भूमिलाई नेपालको नक्सामा समेट्न सकेको दाबी गर्नुभयो ।

उहाँले सरकाले कोभिड –१९ नियन्त्रण रोकथाम तथा मुलुकको समृद्धिका विषयमा उल्लेखनीय काम गरेकाले आगामी निर्वाचनमा यही विषयलाई लिएर जनताको माझमा जाने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button