प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि प्रदेश १ लाई
काठमाडौं । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश १ ले जितेको छ । फाइनलमा विभागीय टिम एपीएफलाई ६ रनले हराउँदै पहिलोपटक प्रदेश १ ले प्रतियोगिताको उपाधि उचालेको हो ।
लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले २० ओभरमा चार विकेट गुमाउँदै एक सय पाँच रन बनायो । जवाफमा एपीएफले २० ओभरमा सात विकेट गुमाउँदा ९९ रनमा रोकियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्रदेश १ की संगिता राई बनेकी छिन । सेमिफाइनलसम्मको प्रदर्शनका आधारमा दिइएको उत्कृष्ट खेलाडीको अवार्डमा संगिता सर्वोत्कृष्ट खेलाडी बनिन् । उनले समुह चरणमा दुइ पटक प्लेयर अफ दी टुर्नामेन्ट बनेकी थिइन । प्रतियोगितामा उनले १० विकेट लिनुका मुख्य खेलमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन । उपाधिसँगै उनले २१ हजार रुपैयाँ प्राप्त गरिन् ।
यस्तै बेष्ट ब्याटर एपीएफकी ओपनर ज्योती पाण्डे बनिन् । उनले प्रतियोगितामा १ सय ५१ रन बनाएकी थिइन । उनले १० हजार रुपैयाँ पाइन । यस्तै प्रतियोगिताको उत्कृष्ट बलर पनि एपीएफकी करुणा भण्डारी बनिन । उनले सेमिफाइनलसम्म १२ विकेट लिएकी थिइन । उनले पनि १० हजार रुपैयाँ हात पारिन ।
प्रतियोगिताको उपविजेता एपीएफले ३ लाख रुपैयाँ हात पार्यो भने विजेता प्रदेश एकले ५ लाख रुपैयाँ प्राप्त गर्यो ।
फोटोः क्रिकनेपाल डट कम








प्रतिक्रिया राख्नुहोस्