तपाईँ सुन्दै हुनुहुन्छः

भीरबाट लडेर एकैदिन २ जनाको मृत्यु

बाजुरा । बाजुराको बुढीगंगा र बडीमालिका नगरपालिकामा एकैदिन भीरबाट लडेर २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुढीगंगा नगरपालिका ३ का अन्दाजी ४० वर्षीया सौरे नेपाली र बडीमालिका नगरपालिका ६ कोर्धका धन बहादुर खड्का रहेका छन् ।

खड्काको घरनजिकै रहेको मेलामा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरीका अनुसार सौरे नेपालीको मावली घर नडाङ्गबाट घर जाने क्रममा शुक्रबार राति पानीमुलको खोलाको कुलोबाट लडेर मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button