तपाईँ सुन्दै हुनुहुन्छः

काँगेल स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न

नवनिर्मित काँगेल स्वास्थ्य चौकी भवन । तस्बिर : सन्तोष राउत

सोलुखुम्बु । निर्माण कम्पनीको लापरबाहीका कारण वर्षौँदेखि अलपत्र बनेको सोलुखुम्बुको थुलुङ दूधकोकी गाउँपालिकाको काँगेल स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको छ ।

विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले निर्धारित समयभन्दा ढिलो काम सम्पन्न गरेको हो ।

२०७२ सालको मङ्सिरबाट निर्माण कार्य सुरु गरिएको स्वास्थ्य चौकीको भवन निर्माणमा निर्माण कम्पनी सगरमाथा घिमिरे निर्माण सेवाले ढिला

नवनिर्मित काँगेल स्वास्थ्य चौकी भवन । तस्बिर : सन्तोष राउत

तत्कालीन सहरी विकास तथा भवन डिभिजन कार्यालय ओखलढुङ्गाको दुई करोड ४१ लाख रुपियाँको लागतमा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको थुलुङ दूधकोकी गाउँपालिका–२ का वडाध्यक्ष उदयनारायण बस्नेतले जानकारी दिनुभयो ।

आवश्यक जनशक्ति र स्वास्थ्य उपकरणको व्यवस्थापन गरी आगामी माघदेखि नवनिर्मित भवनबाट सेवा प्रवाह सुरु गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

भवन निर्माणपछि नयाँ भवनबाट प्रभावकारी स्वास्थ्य सेवा पाउने अपेक्षाले स्थानीय हर्षित भएका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button