तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिविरुद्ध नारा लगाउनेलाई कारवाही गर्न निर्देशन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नाराबाजी गर्नेलाई कारवाही गर्न निर्देशन दिइएको बताउनुभएको छ ।

राष्ट्र प्रमुखलाई महिला भएकै कारण सडकबाट अशोभनीय नारा लगाउनेलाई कारवाहीको माग गर्दै आज विहान अखिल नेपाल महिला संघले बुझाएको ज्ञापनपत्र बुझ्नुहुँदै गृहमन्त्री थापाले राष्ट्रपविरुद्ध सार्वजनिक रुपमा अमर्यादित नाराबाजी गरिनु कानुनी रुपमा अपराधिक क्रियाकलाप भएकाले सम्बन्धित निकायले दोषीमाथि छानविन गरी कानुनी कारवाही प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड माधव नेपाल समूहले आयोजना गरेको जुलुसमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सडकमा अशोभनीय नारा लगाउनेलाई कारवाहीको माग गर्दै अखिल नेपाल महिला संघले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोलाई पनि आजै ज्ञापन पत्र बुझाएको ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button