बाघको आक्रमणबाट महिलाको मृत्यु
टीकापुर कैलाली । बाघको आक्रमणबाट कैलालीको लम्की चुहा नगरपालिकाकी नन्दकला थापाको मृत्यु भएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको कुँवाभार क्षेत्रमा बाघको आक्रमणबाट लम्की चुहा नगरपालिका वडा नम्बर ४ की ५० वर्षिया थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक भरत शाहले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक शाहका अनुसार शुक्रवार राती नेपालगन्जबाट फर्किने क्रममा बाघले मोटरसाइकलमा आक्रमण गरी जङ्गलतर्फ लगेको थियो । छोरा सन्तोष थापासँग आउने क्रममा मोटरसाइकलको पछाडि बसेकी थापालाई बाघले आक्रमण गरेको थियो ।
उनको शव आज बिहान घटनास्थल नजिकै फेला परेको प्रमुख प्रहरी निरीक्षक शाहले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्