तपाईँ सुन्दै हुनुहुन्छः

युवाको ऊर्जा र अग्रजको अनुभवलाई साथमा लिएर काम गर्छु : मन्त्री लामा

भक्तपुर । युवा तथा खेलकुद मन्त्री दावा लामाले युवाको ऊर्जा र अग्रजको अनुभवलाई साथमा लिएर काम गर्ने बताउनुभएको छ ।

युवा गैरसरकारी संस्था महासङ्घ र शुभनगर टोल सुधार समितिले आज संयुक्त रुपमा भक्तपुरको मध्यपुर थिमिमा आयोजना गरेको शुभकामना तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै मन्त्री लामाले सरकारका कामका सन्दर्भमा सकारात्मक र परिणाममुखी सन्देश दिन हरदम सक्रिय रहने बताउनुभयो ।

नागरिकका विकास र समृद्धिका विविध चाहनालाई पुरा गर्न आफु मातहतको मन्त्रालयको तर्फबाट मात्र नभई अन्य मन्त्रालयसँग समेत समन्वय र सहकार्य गरी काम गर्ने बताउनुभयो ।

उहाँले धेरै गर्छु भनेर बोल्नुभन्दा पनि काम गरेर देखाउन आफु तल्लीन हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button