तपाईँ सुन्दै हुनुहुन्छः

नातामा फुपू पर्ने महिलाद्वारा पाँच वर्षीय वालकको हत्या 

 

जनकपुरधाम । नातामा आफ्नै फुपू पर्ने महिलाले पाँच वर्षको वालकको हत्या गरेको पाइएको छ ।

धनुषाको विदेह नगरपालिका वडा नंं २ का जीवन राम अमातका पाँचबर्षका छोरा  अभिनन्दन राम अमातको हत्या  सोही वडा बस्ने नातामा फुपू पर्ने वर्ष २६ की प्रमिला देवी अमातले गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

वालकको हत्या गत पुस १५ गते भएको थियो ।

प्रमिला तथा मृतकका बुबा जिवनराम अमातसँग लेनदेनको विषयमा वादविवाद रहेको र सोही विषयको रिस फेर्न वालकको हत्या भएको प्रमिलाले स्वीकार गरेको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताउनुभयो ।

अभिनन्दन राम प्रमिलाको घरमा खेल्न गएको र प्रमिलाले उनलाई चाउचाउ खान दिई घरमै राखेको प्रहरी अनुसन्धानबाट खुलेको छ । चाउचाउ खाइसकेपछि वालकले सुत्छु भनेपछि अभियुक्त महिलाले आफ्नो बुबा ब्रह्मदेव राय अमातको खाटमा सुत्न भनेकी थिइन् ।  वालक सुतिसकेपछि कोही नभएको मौकापारी बेलुका ६ : ३० बजे प्रमिलाले बालकको घाटी थिची हत्या गरेकी थिइन् ।

हत्यापछि प्रमिलाले वालकको शवलाई आफ्नै बुबाको भैँसी गोठमा सानो खाल्डो खनी सलले बेरेर पुरी खरानीले छोपेकी थिइन् ।

महिलाले कर्तव्य ज्यान गरेको स्वीकार गरेकाले थप अनुसन्धान गर्ने काम भइरहेको धनुषा प्रहरीले जनाएको छ । यस अघि वालकको हत्याको अभियोगमा प्रारम्भिक अनुसन्धानका लागि पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान बढाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button