राष्ट्रियसभा बैठकमा अध्यादेश पेस

काठमाडौँ । राष्ट्रिय सभा बैठकमा आज गृहमन्त्री रामबहादुर थापाले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन सम्वन्धी अध्यादेश–२०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश–२०७७ एवं सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश–२०७७ बैठकमा पेश गर्नुभयो ।

त्यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले औषधि तेस्रो संशोधन अध्यादेश–२०७७ पेश गर्नुभयो ।
त्यस्तै बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७७ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश–२०७७ पेश गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्