विपन्न सन्थाल समुदायलाई सिरक वितरण
झापा । झापाको झापा गाउँपालिका–१ मिलनबस्तीका सन्थाल समुदायका ८२ परिवारलाई जाडोका लागि न्यायो सिरक वितरण गरिएको छ ।
लान्यस क्लब अफ सुरुङ्गाले सहारा नेपालको सहयोगमा प्राप्त सिरक समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तरगत जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको सहकार्यमा आज विपन्न सन्थाल परिवारलाई वितरण गरेको हो ।
जिल्लाकै विकट स्थानमध्ये मिलनबस्तीमै पुगेर संक्षिप्त कार्यक्रमबीच न्यानो सिरक वितरण गरिएको थियो ।
झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला लगायतले सिरक वितरण गर्नुभएको थियो ।
मिलनबस्तीमा अति गरीब र विपन्न सन्थाल समुदायका ८२ घरपरिवारको मात्र बसोबास छ ।
क्लबका अध्यक्ष मनोज बस्नेतले यस वर्ष जाडोमा विपन्न चार सय परिवारलाई सिरक वितरण गर्ने योजना रहेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्