तपाईँ सुन्दै हुनुहुन्छः

बारामा ३ अर्ब ३४ करोडको अगहनी धान उत्पादन

बारा । बारा जिल्लामा यस वर्ष ३ अर्ब ३३ करोड ९६ लाख ७ हजार ५० रुपैयाँ बराबरको १ लाख ४५ हजार २ सय १ मेट्रिक टन अगहनी धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कृषकहरुले यस वर्ष सोना मन्सुली, सावित्री, स्वर्णसवा १, सवा मन्सुली, राधा ११, राधा ९ जातका अगहनी धान कुल ३४ हजार १ सय ६५ हेक्कटर क्षेत्रफलमा खेती गरी धान उत्पादन गरेको ज्ञानकेन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो ।

उत्पादन गरिएको धान कलैया बजारमा प्रति क्वीन्टल २२ सय देखि २३ सम्ममा विक्री वितरण भईरहेको प्रमुख यादवले भन्नुभयो ।

गत वर्ष २०७६–७७ सालमा कृषकहरुले विभिन्न जातको अगहनी धान ३४ हजार १ सय ६३ हेक्टर क्षेत्रफलमा खेती गरिएकोमा धानबालीमा फौजी किराको प्रकोपले उत्पादनमा ५० प्रतिशत कमी आएको ज्ञानकेन्द्रले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button