तपाईँ सुन्दै हुनुहुन्छः

राजश्व कार्यालय वीरगञ्जद्वारा २ अर्ब १७ करोड ५२ लाख राजश्व असुली

वीरगञ्ज । आन्तरिक राजश्व कार्यालय, वीरगंजले चालू आर्थिक वर्ष २०७७–०७८ को पछिल्लो ५ महिनामा २ अर्ब १७ करोड ५२ लाख राजश्व असुली गरेको छ ।

कोरोना संक्रमणको कारण आन्तरिक राजश्व विभागले दिएको लक्ष्यभन्दा ६४ करोड कम राजश्व असुली भएको कार्यालयका सूचना अधिकारी तथा कर अधिकृत हृदयनारायण महतोले जानकारी दिनुभयो ।

कार्यालयलाई पछिल्लो ५ महिना अर्थात् साउनदेखि मङ्सिरसम्म विभागले २ अर्ब ८१ करोड ९६ लाख लक्ष्य पाएकोमा ७७.२५ प्रतिशत अर्थात् रु २ अर्ब १७ करोड ५२ लाख असुली गरेको छ । आन्तरिक राजश्व कार्यालयले आयकरतर्फ ४६ करोड ४६ लाख १३ लाख, भ्याटतर्फ ८० करोड ४ लाख ९७ हजार, अन्तःशुल्कतर्फ ८१ करोड ५४ लाख राजश्व असुली गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button