पुँजीको विकास गर्न सबै मान्छे श्रममा जोडिनुपर्छ : मन्त्री अर्याल

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पुँजीको विकास गर्न सबै मान्छे श्रममा जोडिनुपर्ने बताउनुभएको छ । थनेत प्लानेट फार्म प्रा.ली. थापागाउँ काठमाडौँको आज (शुक्रबार) उद्घाटन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।
पुँजीको विकास गरेर समाजवादमा जोडिने भन्दै मन्त्री अर्यालले पुँजीको विकास गर्न सबै मान्छे श्रममा अनिवार्य रुपमा श्रममा जोडिनुपर्ने बताउनुभयो । ‘अब सबै मान्छे श्रममा नजोडिइकन पुँजीको विकास गर्न सकिँदैन । पुँजीको विकास गर्दै समाजवादमा जोडिने हो’, कृषि मन्त्री अर्यालले भन्नुभयो, ‘पुँजीको विकास गर्न सबै मान्छे श्रममा अनिवार्य रुपमा जोडिनुपर्छ ।’

श्रमलाई सम्मान गर्ने वातावरणको विकास गर्दै जानुपर्ने अहिलेको आवश्यकता भएको भन्दै उहाँले किसानलाई सम्मान नगर्ने हिजोको प्रचलनलाई बदलेर अब श्रमलाई सम्मान गर्ने प्रवृत्तिको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विगतमा श्रम गर्ने, खेती किसानी गर्ने मान्छेलाई सम्मान गर्ने प्रचलन हामीकहाँ थिएन । तर, अब त्यो सोच बदलौँ । श्रम र श्रम गर्ने मान्छेलाई सम्मान गरौँ । श्रम गर्ने मान्छेलाई उत्साहित बनाउन सिकौँ ।’
विदेश गएर फर्किएका धेरै युवाहरू अहिले व्यावसायिक रुपमा कृषि कर्ममा लागेको बताउँदै उहाँले अब स्वदेशमै रहेर बेरोजगार रहेका युवाहरूलाई पनि यसतर्फ आकर्षित गर्न आवश्यक रहेको बताउनुभयो । ‘विदेश गएर आएका युवाहरूले त त्यहाँ देख्नुभयो, अनुभव गरेर स्वदेशमा आएर लागु गर्नुभएको छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘तर अब यहाँ पनि ठुलो सङ्ख्यामा युवाहरू हुनुहुन्छ । जसले काम नपाएर बसिरहेको अवस्था छ । ती युवाहरूलाई पनि हामीले व्यावसायिक कृषि कर्ममा आकर्षित गर्नु पर्नेछ ।’

कृषकले उत्पादन गरेका वस्तुले बजार नपाउने समस्याको अन्त्य गर्न आफू भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा रहँदा सहकारीमार्फत सहकारी बजार विकास कार्यक्रममार्फत कृषि बजारहरू सञ्चालन गरिएको स्मरण गर्दै मन्त्री अर्यालले सरकारले केन्द्र, प्रदेश र स्थानीय ३ तहको बजारको परिकल्पना गरेको र छिट्टै लागू गरिने बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कृषिमा यान्त्रिकीकरणको कार्यक्रम अगाडी बढाइएको बताउँदै उहाँले सरकारका कार्यक्रमहरूलाई सहयोग पु¥याउनेगरी विभिन्न संघसंस्था मार्फत गरिएको प्रयास सह्रानीय रहेको बताउनुभयो ।
तस्विरहरु ः देविका घर्ती मगर








प्रतिक्रिया राख्नुहोस्