तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकको तिलमान र युवा पिक आरोही सम्मानित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी तिलमान पास पिक र युवा पिक हिमालको पहिलो आरोहण सफलताका साथ पूरा गरी फर्किएको अध्ययन टोलीलाई गाउँपालिकाले मंगलबार सम्मान गरेको छ ।

मंसिर २६ गते शुक्रबार १२ बजेर २६ मिनेटमा टोलीले सफलतापुर्वक युवा पिक आरोहण गरेको थियोे ।

सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा ६ सदस्यीय आरोहण दल र दुई जना माउन्टेन गाइडले ५ हजार ३ सय मिटरको पाँचपोखरी तिलमान पास पिक र ५ हजार ५ सय ५६ मिटरको युवा पिकको पहिलो पटक सफलताका साथ यात्रा पूरा गरेको हो । मौसमले पूर्ण रुपमा साथ दिएको र समूहका सबै सदस्यले यात्रा पूरा गरेको अध्ययन टोलीका संयोजक माया गुरुङले जानकारी दिनुभयो ।

गुरुङको नेतृत्वमा आरोही कान्छीमाया स्याङ्बो तामाङ र दावा शेर्पा साथमा युवा नेता सोमर बोम्जन, मिलन तामाङ, पाँचपोखरी थाङ्पाल गाउँपालिका ३ नं वडाका अध्यक्ष ङिमाछिरिङ तामाङसहित ८ जनाको टोलीले यात्रा पूरा गरेको हो ।

वडा नम्बर ३ का वडा अध्यक्ष ङिमाछिरिङ तामाङले काठमाडौंबाट नजिकै भएर पनि पर्यटन प्रवर्द्धनका हिसाबले पछि परेको भन्दै तिलमान पास पाँचपोखरी पिक र युवा पिक हिमाल आरोहणका लागि सहज बनाउन गाउँपालिकाले छिट्टै काम अगाडि बढाउने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button