नेकपा वागमती प्रदेश, संसदीय दलका उपनेता र सचेतकलाई कारवाही
मकवानपुर । नेकपा वागमती प्रदेश संसदीय दलका नेता तथा वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज संसदीय दलका उपनेता र सचेतकलाई कारवाही गर्नुभएको छ ।
मुख्यमन्त्री पौडेलले संसदीय दलका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई पार्टी हितविपरित काम गर्दै हिडेको भन्दै कारवाही गर्नुभएको हो ।
यसका साथै संसदीय दलका नेता एवम् मुख्यमन्त्री पौडेलले दलका उपनेता, सचेतक र वागमती प्रदेशमा प्रतिनिधित्व गर्ने नेकपाका ३० जना सांसदहरुसँग स्पष्टीकरण माग गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो ।
एउटै पार्टी र संसदीय दलमा रहेर मुख्यमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएपछि स्पष्टीकरण सोधिएको दाहालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्