जर्सीको प्रायोजन खोज्ने अधिकार एडप्याड प्रालीलाई विक्री
काठमाडौं । नेपाल क्रिकेट संघले राष्ट्रिय क्रिकेट टिमको जर्सीको प्रायोजन खोज्ने अधिकार एडप्याड प्रालीलाई विक्री गरेको छ ।
१५ महिनाको अवधि रहेको सो सम्झौतामा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र एडप्याडका अध्यक्ष सुदिप थापाले हस्ताक्षर गर्नुभयो । नयाँ सम्झौतापछि अब राष्ट्रिय क्रिकेट टिमको जर्सीमा प्रायोजन खोज्ने र विक्री गर्ने अधिकार एडप्याडले गर्ने भएको छ ।
सम्झौता करिब १ करोड रुपैयाँमा गरिएको बताइएको छ । नेपाल क्रिकेट संघ अहिले प्रायोजकविहीन छ । नयाँ कार्यसमिति आएपछि क्यानले विस्तारै प्रायोजक खोज्ने काम गरिरहेको छ ।
त्यसमा पहिलो चरणमा राष्ट्रिय टिमको जर्सीको प्रायोजन खोज्ने कम्पनीका रुपमा एडप्याडलाई भित्र्याएको हो । नेपाल क्रिकेट संघले राष्ट्रिय टिमको जर्सीको डिजाइन पनि परिवर्तन गर्ने आन्तरिक तयारी गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्