नगरपालिकाले निर्माण गर्यो बुढिगंगा नदिमा काठे पुल

बाजुरा । बडिमालिका नगरपालिकाले साँफे मार्तडी सडक खण्ड अन्तर्गत जडाङ्गा नदिमा गाडि गुड्ने काँठेपुल निर्माण गरेको छ । बेलिब्रिज निर्माणमा केहि ढिला हुने भएपछि नगरपालिकाले जिप, ट्याक्टर, मिनि टाटा, वाइक गुड्ने गरि काँठेपुल निर्माण गरेको बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले वताउनु भएको छ ।
मार्तडीसम्म यातायात सञ्चालन सँगै सामान ढुवानीमा सहज भएको छ। साउन २५ को बाढीले बेलिब्रिज बगाउदा सदरमुकाम मार्तडी सम्मको सम्पर्क बिच्छेद भएको थियो ।
खोलामा पुल नहुँदा मार्तडीसम्म जिप सञ्चालनमा आउन सकेका थिएन्, खोलामा गाडि गुड्ने काँठेपुल निर्माण भएपछि सदरमुकाम सम्म नियमित गाडि चल्ने भएपछि स्थानीय खुशी भएका छन्।








प्रतिक्रिया राख्नुहोस्