तपाईँ सुन्दै हुनुहुन्छः

वाग्मती अध्यक्ष कप फुटबल प्रतियोगिता पुस २५ देखि

ललितपुर। दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले यही पौष २५ देखि २९ गतेसम्म ‘वाग्मती गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता २०७७’ आयोजना गर्ने भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुने सो प्रतियोगिता प्युटारस्थित खयरघारी खेलमैदानमा आयोजना हुने छ । युवालाई खेलकूदको माध्यमबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसले गाउँपालिकामा रहेका खेलाडिको क्षमता विकासमा सहयोग पु¥याउने छ ।” प्रतियोगितामा प्रथम हुने समूहले पदक प्रमाणपत्र सहित रु एक लाख, दोस्रोले रु ५० हजार, तेस्रोले रु २५ हजार प्राप्त गर्नेछन् । रासस

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button