‘चीनतर्फको नाका प्रभावकारी नहुँदा व्यावसायीले दुःख पाए’
काठमाडौं । चीनर्फको नाका प्रभावकारी नहुँदा नेपाली व्यवसायीले निकै दुःख पाएको भन्दै नेपाल चेम्बर अफ कमर्शले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गर्न आयोजित कार्यक्रमा बोल्दै चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले एक वर्षदेखि चिनियाँ नाकामा व्यवसायीका सामान अड्किएको गुनासो गर्नुभयो ।
पोहोर साल जाडोका लागि व्यवसायीले किनेको ज्याकेट अझै नाकामै थन्किएको र करोडौं मूल्य बराबरको सामानहरु चीनतर्फ नाकामा कुहिन लाग्दा व्यवसायीहरु पनि ब्याजको मारमा परेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले आर्थिक विकासका मुद्धा ओझेलमा पर्न लागेको भन्दै उनले आर्थिक मुद्धा नछोड्न आर्थिक पत्रकारहरुलाई आग्रह गर्नुभयो । कोभिडका कारण समस्यामा परेका व्यवसायीलाई सकारात्मक उर्जा चाहिएको बेला राजनीतिक अन्यौल बढ्दा व्यवसायीमा चिन्ता थपिएको पनि चेम्बरले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्