तपाईँ सुन्दै हुनुहुन्छः

एन्फाले प्रदेश २, वागमती र सुदुरपश्चिममा प्रदेश लिग गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले आगामी माघमा प्रदेश २, वागमती र सुदुरपश्चिममा प्रदेश लिग गर्ने भएको छ ।

कोरोनाका कारण रोकिएको घरेलु फुटबललाई विस्तारै लयमा फर्काउनका लागि एन्फाले बी डिभिजन, सी डिभिजन लिग गर्ने निर्णयपछि अब प्रदेश लिग पनि गर्ने भएको छ ।

एन्फाले माघमा वागमती, प्रदेश दुई र सुदुरपश्चिम प्रदेशमा लिग गर्ने भएको हो । एन्फाको लिग कमिटी र प्रदेशका पदाधिकारीविचका छलफलपछि प्रदेश लिग दुई ठाँउमा गर्ने निर्णय गरेको हो ।

एन्फाले सबै प्रदेशलाई आफ्नो विस्तृत विवरण एक सातामा बुझाउन भनेको छ । बैठकमा प्रदेश लिग कसरी गर्ने र कस्तो स्वास्थ्य सावधानी अपनाउने भन्ने विषयमा पनि छलफल गरिएको थियो ।

छलफलमा एन्फाका महासचिव इन्द्रमान तुलाधर, उपाध्यक्ष वीरबहादुर खड्का र प्रतियोगिताका डाइरेक्टर सञ्जिव मिश्रसँगै प्रदेश दुई र सुदुरपश्चिम प्रदेशका प्रतिनिधिको सहभागिता रहेको थियो । एन्फाले अरू चार वटा प्रदेशको लिग सम्पन्न गरिसकेको छ ।

यो प्रतियोगिता राष्ट्रिय लिगका लागि छनोटको आधार हुनेछ । यसअघि एन्फाले बी डिभिजन लिग फागुन ११ गते र सी डिभिजन लिग चैत्र एक गतेबाट गर्ने निर्णय गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button