तपाईँ सुन्दै हुनुहुन्छः

इन्डियन प्रिमियर लिगमा १० टिमको सहभागी हुने

काठमाडौँ । भारतीय क्रिकेट बोर्डले सन् २०२२ मा इन्डियन प्रिमियर लिगमा टिमको संख्या १० पुर्याउने भएको छ ।

बीसीसीआईको बार्षिक साधारण सभाले २०२० मा आइपीएलमा १० टिम खेलाउने निर्णय गरेको हो ।

अहमदावादमा भएको बार्षिक साधारण सभाले सबैको सुझाव र सहमतीमा टिमसंख्या १० पुर्याउने निर्णय गरेको हो । २०२१ मा हुने संस्करणमा भने अहिलेका आठ टिमलाई मात्र समावेश गरिने भएको छ । यस्तै बीसीसीआईले सन् २०२८ मा लस एञ्जलसमा हुने ओलम्पिकमा क्रिकेटलाई समावेशका विषयमा २०२१ को सुरुवातमा निर्णय गर्ने भएको छ ।

त्यो बेला विशेष बैठक बोलाएर निर्णय गर्ने भएको हो । २०२८ मा हुने ओलम्पिकमा आइसीसीले नै क्रिकेटलाई समावेश गर्नका लागि पहल गरिरहेको छ । त्यसका लागि आइसीसीले आफ्ना सदस्य राष्ट्रलाई पत्राचार गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button