तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकलाई प्रतिक्रान्तिको खतराबाट जोगाउन मूल नेतृत्वलाई साथ : गृहमन्त्री थापा

Image may contain: 1 person

काठमाडौँ । नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले मुलुकलाई प्रतिक्रान्तिको खतराबाट जोगाउन मूल नेतृत्वलाई साथ दिनुपरेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी नेकपाको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री बादलले निकै सोच विचार गरेर आफूले मूल नेतृत्वलाई जोगाउन यस्तो निर्णय लिएको बताउनुभयो ।

गृहमन्त्री थापाले प्रतिनिधिसभाको विघटन अग्रगामी कदम भएको र पुनस्थापनाको माग पश्चगामी कदम हुने बताउनुभयो ।

उहाँले, जनताबाट निर्वाचित संसद्ले मात्र प्रतिगमन र अस्थिरतालाई पराजित गर्न सक्ने भएकोले नै आफूहरू स्थिरताका लागि निर्वाचनको अभियानमा होमिने बताउनुभयो ।

Image may contain: 1 person, on stage and standing

गृहमन्त्री थापाले पार्टीको मूल नेतृत्वलाई स्थापित गर्ने कि विस्थापित गर्ने, क्रान्तिलाई अघि बढाउने कि प्रतिक्रान्तिलाई भन्ने प्रश्न गर्दै अध्यक्ष ओली नेतृत्वको पार्टीले क्रान्तिलाई अघि बढाउँदै गुटलाई पराजित गर्ने बताउनुभयो ।

बैठकमा अध्यक्ष ओलीले शपथ ग्रहण गर्न बाँकी रहेका केन्द्रीय सदस्यहरूलाई शपथ गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button