भीरबाट लडेर एक जनाको मृत्यु
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका –६ मस्याममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४४ वर्षीय गणेश विष्ट रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मृतक विष्ट गएराति १० बजे आफूखुसी घरबाट हिँडेको र अत्याधिक मापसे गर्दै आएको बुझिएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्