६ लाख मुल्य बराबरको अवैध सामान बरामद
वीरगञ्ज । अवैध रुपमा राजश्व छली भित्र्याईएको झण्डै ६ लाख मुल्य बराबरको किराना तथा लत्ताकपडा लगायतका सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी १३ नं गण नेपाल पर्साबाट सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्काको नेतृत्वमा खटिएको प्रहरी टेलिले पर्साका विभिन्न सिमावर्ती क्षेत्रहरुबाट दैनिक उपभोग्य सामानहरु, भारतीय लत्ताकपडा लगायतका सामान नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीले अलौ, इनर्वा, भिष्वा, जानकी टोला लगायतका क्षेत्रबाट नियन्त्रणमा लिएको ६ लाख मुल्य भन्दा बढीको सामान थप अनुसन्धानका लागि भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको सशस्त्र प्रहरी उपरिक्षक खड्काले बताउनु भयो ।
चोरी पैठारी नियन्त्रण गर्न थप कडाई गरिएको भएपनि खुल्ला सिमानाका कारण पूर्ण रुपमा चोरी पैठारी तथा तस्करी नियन्त्रण गर्न समस्या भईरहेको प्रहरी उपरिक्षक खड्काको बताउनु भयो ।
विशेष गरी रातको समयमा तस्करी हुने गरेको र यसलाई रोक्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सक्रिय रहेको समेत खड्काले दावी गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्