गढी गाउँपालिकाका ६ वटै वडामा टेलिफोन सेवा

सुनसरी । सुनसरीको गढी गाउँपालिकामा मोबाइल बाहेकको सेवा नरहेकोमा अव ल्यानलाईन टेलिफोन सेवा सुचारु भएको छ ।
जीएसएम गेटवे प्रविधिको प्रयोग गरी आईपीबीएक्स प्राविधिक मार्फतको सेवासहित टेलिफोन सेवा सुचारु भएसँगै मोबाइलमा कुरा गर्नुपर्ने बाध्यता हटेको छ ।
पहिलो पटक गाउँपालिकाको ६ वटै वडामा टेलिफोन सेवा दिइएको र पालिकाको कार्यालयमा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासनिक अधिकृत, लेखा अधिकृतसहित सबै शाखामा टेलिफोन सेवा जडान गरिएको हो ।
टेलिफोन सेवाले मानव रहित सेवा प्रभाव हुने र कोही कसैलाई बोलाउनुपर्ने , सञ्चार गर्नुपर्ने र सूचना आदानप्रदान गर्न सहज हुने विश्वास गरिएको अध्यक्ष श्रीप्रसाद यादवले बताउनुभयो ।
टेलिफोन सेवा दिएकाले वडा अध्यक्ष र वडा सचिवसहित कर्मचारीहरूले कार्यालय समयमा पुगे, नपुगेकोसमेत अनुगमन र छड्के गर्न सहज भएको यादवको भनाइ छ ।

पालिकालाई टेलीफोन सेवा संजालमा जोडिएकाले पालिकाका पदाधिकारीसहित काम कार्वाहीको बारेमा छिटो, छरितो सेवा प्रवाह र सूचना प्रवाहमा सहज भएको उपाध्यक्ष राजकुमारी चौधरीले बताउनुभयो ।
चौधरीले वडामा आउने उजुरी, गुनासो र न्यायिक सम्बन्धी कुराहरु समेत बुझ्नका लागि टोलीफोन सेवाले सहज भएको बताउनुभयो । टेलीफोन सेवा क्वाईलिटी टेक्नोलोजी प्रा.लि. गढी २ ले प्रवाह गरेको कम्पनीका संचालक देवराज चौधरीले बताउनुभयो । गाउँटोलमा संचार सेवा प्रवाहका लागि सहजीकरण गरेको चौधरीले जानकारी दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्