कोरोना संक्रमणका कारण १७ सय बढीको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण नेपालमा हालसम्म १७ सय बढीको मृत्यु भएको छ ।
संक्रमणका कारण आज थप १८ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ७ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज देशभर ८ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार ४ सय २३ वटा पिसिआर परिक्षण गर्दा ५ सय ४ पुरुष र ३ सय १७ महिलामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको कुल संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ ।
यस्तै १० हजार ९ सय ५५ जना संक्रिय संक्रमित मध्ये ७ हजार ३ सय ४० जना होम आईसोलेसनमा रहेका छन् ।
यस्तै गम्भीर लक्षण देखिएका २ सय ७३ जनाको आई.सी.यू र ५४ जनाको भेण्टिलेटरमा राखेर उपचार भईरहेको मन्त्रालयले जनाएको छ ।
आज ८ सय ४२ जना कोरोना संक्रमणबाट निको भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या २ लाख ३६ हजार ५ सय ७३ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्