तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि

फाइल तस्बिर

बीरगंज  । वीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसिआर परीक्षणको क्रममा बारा, पर्सा, रौतहट र सुनसरीका गरी थप आठ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

बीरगंज तथा पर्सा जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको ६७ जनाको स्वाब परीक्षण गर्दा बीरगंज आर्मी ब्यारेकका एक जना सैनिक जवानसहित पर्साका दुई, बाराका चार, रौतहट र सुनसरीका एक/एक जना गरी थप आठ जनामा सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।

पर्सामा सङ्क्रमण पुष्टि हुनेहरूमा बीरगंज आर्मी ब्यारेकका ४० वर्षीय एक जना सैनिक जवान र कालिकामाई गाउँपालिका वडा नम्बर २ का एक जना ३६ वर्षीय पुरुष रहेका छन् ।

यसै गरी बाराको जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर १ का २४ वर्षीय एक जना पुरुष, २६, ४६ र ५४ वर्षीया तीन जना महिला गरी चार जनामा सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै रौतहटको गुजरा नगरपालिका वडा नम्बर २ मा एक जना र सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ९ निवासी एक जना पुरुषमा सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा.चौरसियाले बताउनुभयो ।

कोरोना सङ्क्रमण पुष्टि हुनेहरूको सिट भ्यालु १७ देखि ३१ सम्म रहेको डा.चौरसियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button