आइसीसीद्वारा एकदिवसिय विश्वकपको लागि रोडम्याप सार्वजनिक
काठमाडौं । सन् २०२२ मा वेस्टइन्डिजमा हुने यू १९ एकदिवसिय विश्वकपको लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले रोडम्याप सार्वजनिक गरेको छ ।
नेपाली यू १९ टोलीले सन् २०२२ को यू–१९ विश्वकप खेल्न संयुक्त अरब इमिरेट्स (यूएइ) मा हुने एसिया छनोटमा प्रतिस्पर्धा गर्ने छ । नेपाल सन् २०२१ मा यूएईमा पाँच टोलीबीच हुने एसिया छनोटको विजेता बनेको खण्डमा सन् २०२२ मा वेस्टइन्डिजमा हुने यू–१९ विश्वकप खेल्न पाउने छ ।
एसिया छनोटको मिति भने तय भएको छैन । नेपाली यू–१९ टोलीले सन् २०१६ यता यू–१९ विश्वकप खेलेको छैन । नेपाल सन् २०१९ मा मलेसियामा भएको एसिया छनोटमा यूएईसँग वर्षाको कारण डकवर्थ लेविस पद्दतिको आधारमा एक रनले पराजित हुँदा सन् २०२० मा दक्षिण अफ्रिकामा सम्पन्न यू–१९ विश्वकप खेल्ने अवसर गुमाएको थियो ।








प्रतिक्रिया राख्नुहोस्