तपाईँ सुन्दै हुनुहुन्छः

देशभर १ हजार ५ सय जना कोरोना सङ्क्रमणमुक्त

काठमाडौँ । कोरोना भाइरसका कूल सङ्क्रमितमध्ये सङ्क्रमणमुक्त हुने ९४ दशमलव ९ प्रतिशत रहेका छन् ।

आज देशभर १ हजार ५ सय जना सङ्क्रमणमुक्त भएसँगै नेपालमा हालसम्म ९४ दशमलव ९ प्रतिशत कोरोना भाइरस सङ्क्रमण मुक्त भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

तथ्याङ्क अनुसार सङ्क्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ३५ हजार ७ सय ३१ पुगेको छ ।

आज काठमाडौँ उपत्यकाका ३ सय ४८ सहित देशभर ८ सय ३० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

देशभर ५ हजार १ सय ८१ वटा पिसिआर परिक्षण गर्दा ५ सय पुरुष र ३ सय ३० महिला गरी कूल ८ सय ३० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ ।

हाल देशभर १० हजार ९ सय ९४ जना सक्रिय सङ्क्रमित मध्ये ६ सय २ सय ३२ जना होम आइसोलेसनमा रहेका छन् ।

गम्भीर लक्षण देखिएका २ सय ९४ जना आइसीयु र ५२ जनाको भेण्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमणका कारण आज थप ९ जनाको मृत्यु भएसँगै सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या १ हजार ६ सय ९८ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button