तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्यु

नेपालगन्ज  । बाँकेमा कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का ५२ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा आज बिहान साढे ३ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

त्यस्तै डोटीको दिपायल सिलगढी ५ का ४९ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा गए राति पौने ८ बजे उपचारका क्रममा मृत्यु भएको छ। योसँगै बाँकेमा कोरोनाबाट १ सय ९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button