सामुदायिक विद्यालयका छात्राहरुलाई सेनिटरी प्याड बितरण
धनकुटा – धनकुटाको छथरजोरपाटि गाँउपालिकाले सामुदायिक विद्यालयका छात्राहरुलाई नियमित पढाई र पाठेघरको मुखको क्यानसरबाट बचाउन सेनिटरी प्याड बितरण कार्य शुरु गरेको छ ।
महिनावरी भएको बेला प्याडको अभावमा बिद्यालय नआउने र उचित प्याड प्रयोगको अभावमा भविष्यमा देखिने पाठेघरको मुखको क्यानसरबाट जोगाउन यस्तो अभियान थालिएको पालिका उपाध्यक्ष भीमकला श्रेष्ठले जानकारी दिनुभयो ।
पालिकाका २८ सामुदायिक बिद्यालय मध्ये १० बर्ष देखि माथिका छात्राहरुका लागि कक्षा ५ देखि कक्षा १२ सम्मका १३ वटा बिद्यालयहरुमा उक्त प्याड बितरण कार्यक्रम शुरु गरिएको हो ।
चालु आव(यस बर्ष) बाट ३ बिद्यालयहरुबाट शुरु गरिसकिएको उक्त कार्यक्रम आउने पौष महिनाको पहिलो हप्ता भित्र सकिने उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
१३ बिद्यालयका ८ सय ७६ छात्राहरुलाई मासिक २ वटाको दरले जम्मा १० हजार ५ सय १२ वटा प्याड बितरण गरिनेछ । आवश्यक परेमा कक्षा ५ भन्दा मुनिका कक्षाहरुमा १० बर्षका छात्रहरुलाई भएमा उनीहरुलाई पनि प्याड उपलब्ध गराईने छ ।
नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार सन्चालन गरिएको यस कार्यक्रम आगामी दिनहरुमा पनि निरन्तर रहने छथर जोरपाटी गाउँपालिकाले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्