तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरी क्रिकेट संघद्वारा सिनियर क्रिकेट टिमको घोषणा

सप्तरी । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश स्तरीय छनौट क्रिकेट प्रतियोगिताको पुरुषतर्फको सिनियर क्रिकेट टिमको सप्तरी क्रिकेट संघले घोषणा गरेको छ ।

यही पुस ११ गते काठमाडौंमा हुन लागेको उक्त प्रतियोगिताको प्रदेश स्तरीय भोली अर्थात मंसीर २५ गते हुन लागेको छ । जसमा सप्तरी क्रिकेट संघले मंसीर १७ गते देखि २० गते सम्म सञ्चालन गरिएको बन्द प्रशिक्षणबाट महबुव आलमको कप्तानीमा १४ सदस्यीय टोलीको चयन गरिएको छ ।

छनौट भएका टोलीका सदस्यहरुमा महबुव आलम (कप्तान), रोहित सिँह, बिवेक यादब, रोहन बिक, अमित यादब, बिकास दास, गुणान्नद राय, आशिष झा, रोबिन सिँह, सिमान्त राय, अनुज यादब, अजय यादब, निरज यादब, अमित दासलाई चयन गरिएको छ ।

यसैगरी वैकल्पिक खेलाडीहरुमा राहुल मण्डल, अनिल यादब, गोमान्नद अमात्य, दिपेश सरदारलाई राखिएको सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादवले जानकारी दिनुभयो ।

त्यस्तै सप्तरीको सुरूगां नगरपालिकामा मंसीर १७ देखि २० सम्म सञ्चालन गरिएको महिलाहरूको बन्द प्रशिक्षणवाट नितु कुमारी चौधरीको कप्तानीमा १४ सदस्यिय टोलीको घोषणा गरिएको छ ।

जसमा अंजली चौधरी, सीता चौधरी, सृजना चौधरी, सनजना चौधरी, नबिता चौधरी, निरूता चौधरी, संगिता चौधरी, मंजु चौधरी, रबिना चौधरी, संतोषी चौधरी, दिपमाला चौधरी, सुस्मिता चौधरी, कृति चौधरी प्रियंका चौधरीलाई टोलीको सदस्यहरूमा चयन गरिएको छ ।

यता प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश स्तरीय महिला क्रिकेट छनोट प्रतियोगता मंसीर २८ गते देखि राजबिराज को राजरंगशाला मैदानमा हुने सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिएका छन् ।

उक्त छनोट प्रतियोगितामा सप्तरी सहित सिरहा, धनुषा, सर्लाही, महोतरी, रौतहट, बारा, पर्सा सहित ८ जिल्ला बिच प्रतिस्पर्धा भई प्रदेश २ महिला क्रिकेट चयन गरी पुस ११ गते देखि हुने प्रधानमंन्त्री कप राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाईने छ ।

त्यस्तै प्रदेश २ का लागि पुरूषतर्फको क्रिकेट छनोट प्रतियोगिता मंसीर २५ देखि धनुषाको जनकपुर र बाराको कलैयामा हुने बताईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button