तपाईँ सुन्दै हुनुहुन्छः

खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा ११ दिनमा ४५०० क्वीन्टल धान खरिद

वीरगञ्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्जले ११ दिनमा ४५०० सय क्विन्टल सोना मन्सुली धान खरिद गरेको छ ।

कम्पनीले धान किन्न थालेपछि किसानले धमाधम बिक्रीका लागि कार्यालयमा धान ल्याउन थालेको खाद्य व्यवस्था कार्यालयका प्रमुख विकास कटुवालले बताउनुभयो ।

सरकारले तोकेका समर्थन मूल्यमा धान बिक्री गर्दा लगानी अनुसार उचित मूल्य पाएको किसानहरुले बताएका छन् ।

सरकारी समर्थन मूल्यमै व्यापार कम्पनीले धान खरिद गर्न थालेपछि किसानले ट्याक्टर, अटो वा साना गाडीमा हालेर धान वीरगञ्ज ल्याइरहेका छन् ।

कम्पनीले सोना मन्सुली धान समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय ८५ रुपैयाँमा खरिद गरिरहेको छ । ३० हजार क्विन्टल सोना मन्सुली र ५ हजार क्विन्टल जिरा मसिनो धान खरिद गर्ने लक्ष्य कार्यालयको रहेको प्रमुख कटुवालले जानकारी दिनुभयो ।

प्रतिक्विन्टल २ हजार ९ सय रुपैयाँमा जिरा मसिनो धान कम्पनीले खरिद गर्ने भए पनि वीरगञ्जस्थित कार्यालयमा किसानले जिरा मसिनो धान ल्याएका छैनन् ।

कम्पनीसँग ६० हजार क्विन्टल धान भण्डारण गर्न सक्ने क्षमताको गोदाम तयार गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्जका प्रमुख कटुवालले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button