तपाईँ सुन्दै हुनुहुन्छः

एपीएफले अब आफ्नै फुटबल एकेडेमी सञ्चालन गर्ने

काठमाडौं । विभागीय टिम शसस्त्र प्रहरी बल एपीएफले अब आफ्नै फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । शीर्ष डिभिजनको लिग खेल्ने क्लबले आफ्नै एकेडेमी सञ्चालन गर्न लागिएको यो पहिलो पटक हो ।

हलचोकस्थित एक कार्यक्रम गरी १४ वर्ष उमेर समुहको फुटबल एकेडेमी सञ्चालन गर्ने जनाउँदै अखिल नेपाल फुटबल संघ एन्फासँग सम्झौता गरेको हो । एपीएफबाट ७, एन्फाबाट ७ तथा खुल्ला छनौट बाट ७ जना गरी जम्मा २१ जनालाई एकेडेमीमा भर्ना गरिने बताइएको छ । एन्फाबाट छनोट भएका खेलाडीलाइ एन्फाले नै सहयोग गर्ने भएको छ ।

सुरुवाती दुइ ब्याजसम्म एन्फाले प्रशिक्षक, पुर्वाधार लगायतका अन्य प्राविधिक पक्षमा सहयोग गर्ने भन्दै एन्फाबाट अध्यक्ष कर्मा छिरिङ शेर्पा तथा एपीएफबाट महानिरिक्षक शैलेन्द्र खनाल तथा अतिरिक्त महानिरिक्षक पुष्पराम केसीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

एकेडेमी सञ्चालन गर्न वार्षिक १० लाख रुपैयाँ बजेट खर्च हुने अनुमान लगाइएको छ । फिफा तथा एएफसीको ए लाइसेन्सिङ मापदण्ड भित्र पर्ने यो युथ लेभलको कार्यक्रमलाई नयाँ शैक्षिक शत्रबाट सुरु गरिनेछ ।

गत सिजन एपीएफ क्लबले शहिद स्मारक ए डिभिजन लिगमा रेलिगेशन जोन भन्दा दुइ स्थान माथि रहँदै लिग टुंग्याएको थियो । एकेडेमीका लागि एन्फाले वार्षिक रूपमा १० लाख रूपैयाँ सहयोग गर्ने बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button