कस्तुरीको बिनासहित ३ जना पक्राउ
रुपन्देही । रुपन्देही प्रहरीले कस्तुरीको बिनासहित ३ जनालाई पक्राउ गरेको छ ।
देवदह नगरपालिका १० भलुहीबाट १ थान कस्तुरीको विनासहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिनुभयो ।
देवदह–१० स्थित स्थानीय टेकबहादुर विकको घरमा शंकास्पद रुपमा बसेका ३ जनाबाट समातिएको थापाले बताउनुभयो । उक्त विनाको तौल ६१.४० ग्राम छ ।
पक्राउ पर्नेहरुमा अर्घाखांची छत्रदेव–२ का सुकुरदिन मिया, बागलुङ नगरपालिका–६ का रमेश विक तथा रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का दीपक विक छन् । पक्राउ परेका ३ जनासहित बरामद भएको विना थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय रुपन्देहीमा प्रहरीले बुझाएको छ ।
रुपन्देही प्रहरीले आइतबार मात्र बुटवल उपमहानगरपालिका–८ सुख्खानगरस्थित न्यू कलश होटलबाट १ थान गैंडाको खाग बरामद गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्