तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा लागूऔषधसहित दुई जना पक्राउ

सप्तरी । सप्तरीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोदे बरसाईन नगरपालिका वडा नम्वर ५ खोजपुरका १९ वर्षीय आशिष भनिने सच्चिदानन्द चौधरी र सोही ठाउँका शुभकान्त चौधरी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बोदे बरसाईनका प्रमुख अयोध्या शरण यादव नेतृत्वको टोलीले चेकजाँच गर्ने क्रममा वडा नम्वर ५ जाँजरबाट दुवै जनालाई पक्राउ गरेको हो ।

स ३ प ३६६१ नम्बरको मोटरसाइकलमा सवार भएर गइरहेका दुवै जनाको साथबाट १० थान डाइजिल्याव एम्पुल, ८ थान फेर्नागन एम्पुल, १० थान नोफिन एम्पुल बरामद भएको ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक विरेन्द्र पासवानले जानकारी दिनुभयो ।

दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button