रेडक्रस अछामद्वारा सरसफाइ सामग्री वितरण
अछाम । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अछामले कमलबजार नगरपालिकामा रहेका ३ वटा विद्यालयमा र १ समुदायमा सरसफाइ सामग्री बितरण गरेको छ ।
कमलबजार नगरपालिका वडा नं ६ स्थित कालिका माध्यमिक बिध्यालय बिरपथ कोलडाँडा, वडा नं। १ स्थिति शिशुसुधार माध्यमिक बिद्यालय मुली र वडा नं. १० मा रहेको बिद्याप्रबोधिनि माध्यमिक बिद्यालय घोडासेनलाइ खानेपानि सरसफाइ तथा स्वच्छता सामग्री बितरण गरीएको हो ।
सामाग्री बुझ्दै कालिका माध्यामिक बिध्यालयका प्रधानाध्यापक राम बहादुर शाहीले नेपाल रेडक्रस सोसाइटी अछामले बिद्यालयमा २ लाख पचास हजार बराबरको शौचालय निर्माण गरिदिएको र शौचालयका साथै बिद्यालयलाइ सधैँ सफा राख्नका लागी चाहिने आवश्यक सरसफाइका सामाग्री समेत उपलब्ध गराएकोमा शाखालाइ धन्यबाद दिदै प्राप्त सामाग्रीहरुको आफुहरुले सही सदुपयोग गर्ने बताउनु भयो ।
यस्तै कमलबजार नगरपालिका वडा नं। ९ मष्टाबण्डालीमा रहेको एक दलित बस्तीका ३५ जनालाइ सरसफाइ तथा स्वच्छता सामग्री किट वितरण गरीएको छ ।
समुदायका अति बिपन्न परीवारलाइ किट बितरण गर्दै कमलबजार नगरपालिका वडा नं।९ का वडा अध्यक्ष दुर्गा प्रसाद अधिकारीले कोरोनाबाट बच्नका लागि सरफाइमा बढी ध्यान दिनु पर्ने भएकाले बितरण गरिएका सरसफाइका सामाग्रीहरुको बढीभन्दा बढी प्रयोगमा ल्याएर आफु र समुदायलाइ सफा राख्न सकिएमा बिभिन्न किसिमका सरुवा रोगबाट समेत बच्न सकिने बताउनु भएको थियो ।
सरसफाइ सामाग्री हस्तान्तरण गर्दै नेपाल रेडक्रस सोसाइटी अछाम शाखाका मन्त्री ध्रुब कुमार शाहीले कोभिड १९ अछाम जिल्लामा उच्च जोखिममा रहेका कारण रेडक्रसले सरसफाइ सामग्री वितरण गरेकाले यसको सही सदुपयोग गर्न सबैलाइ आग्रह गर्नु भएको थियो ।
युनिसेफको सहयोगमा नेपाल रेडक्रस सोसाइटी अछाम जिल्ला शाखा द्वारा संचालित कोभिड १९ पुर्वतयारी कार्यक्रम अन्तरगत सामग्री वितरण गरीएको हो । यसअघि जिल्लाका तुर्माखाँद, ढकारी, रामारोशन गाउँपालिका, साँफेबगर नगरपालिका लगायतका स्थानीय तहमा रेडक्रस अछामले सरसफाईका सामग्री वितरण गरिसकेको नेपाल रेडक्रस सोसाइटी अछामका सभापति रत्न प्रसाद ढुंगानाले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्